समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दश लाख नाघेको छ । आज बिहानसम्म विश्वभर १० लाख २ हजार भन्दा बढीको मृत्यु भएको हो । ३ करोड ३२ लाख ९७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तिमध्ये २ करोड ४६ लाख २१ हजारभन्दा बढी निको भएका छन् ।

Advertisement

सबैभन्दा अमेरिका ७३ लाख २० हजार ६ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यहाँ २ लाख ९ हजार ४ सय ५३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ४५ लाख ५१ हजार ३ सय २१ संक्रमित निको भएका छन् ।

Advertisement

त्यस्तै भारतमा संक्रमितको संख्या ६० लाख ७३ हजार ३ सय ४८ पुगेको छ भने ९५ हजार ५ सय ७४ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ५० लाख १३ हजार ३६७ जना संक्रमणमुक्त भएका छन् । ब्राजिलमा ४७ लाख ३२ हजारमा संक्रमण पुष्टि भएको छ । त्यहा १ लाख ४१ हजार भन्दा बढीको मृत्यु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article