हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा १,५५९ जनामा कोरोनाभाइरस संक्रमण,ज्यान गुमाउनेको संख्या ४९८ पुघ्यो

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १,५५९ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । बुधलबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १,५५९ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

Advertisement

उनकाअनुसार नयाँ संक्रमित हुनेहरुमा उदयपुरका १, झापाका १९, ताप्लेजुङका १, भोजपुरका १, मोरङका ९८, संखुवासभाका १, सुनसरीका ३८, धनुषाका १, पर्साका १७, बाराका १०, महोत्तरीका ११, सप्तरीका ७, सर्लाहीका २, सिरहाका २, काठमाडौंका ६९७, काभ्रेका ९, चितवनका ६२, दोलखाका ३, धादिङका ८, नुवाकोटका ३, भक्तपुरका ९३, मकवानपुरका ३८, रामेछापका २, ललितपुरका ११२, सिन्धुपाल्चोकका ६, सिन्धुलीका ३, कास्कीका १६, गोरखाका १५, तनहुँका ५, नवलपरासी पुर्वका ४५, पर्बतका १, म्याग्दीका १, लमजुङका २, बाग्लुङका २, स्याङजाका ३, कपिलवस्तुका २, गुल्मीका १, दाङका ५, नवलपरासीका १, पाल्पाका ६, प्युठानका ३, बर्दियाका १०, बाँकेका २७, रुपन्देहीका ७०, रोल्पाका २, कालिकोटका ४, जुम्लाका २, दैलेखका ५, सल्यानका १, सुर्खेतका ४१, हुम्लाका २, अछामका २, कन्चनपुरका ६, कैलालीका २३, डडेलधुराका २, डोटीका ८, र बझाङका १ जना रहेका छन् । जसमा पुरुष ९७७ र महिला ५८२ रहेका छन् ।

Advertisement

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७७,८१७ पुगेको छ । पछिल्लो २४ घण्टामा १,०५७ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ५६,४२८ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा ७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)