कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : समय र  अनुभूति

  • अस्मिता भण्डारी

सायद यो बर्ष यस्तै थियो ,
थुप्रै पृयजनहरु गुमाएँ !!
आफ्ना र मनले नजिक ठानेकाहरु
अनायस आफूबाट टाढा हुँदा
दुनियाँको परिस्थितिलाई नियालेर
मन शान्त गर्दैछु ।

Advertisement

नियतिको पहाडबाट
कयौं पटक लड्दा पनि
महसुस नभएको चोटको पीडा
यस पटक भएको छ  …. !

Advertisement

थाह छ तिमी छैनोेै वरिपरि,
मनकै भित्तामा सजिएको त्यो तस्बिर र
केवल तिम्रो स्मृतिका भग्नावशेषहरु छन्

बेला बेला टेलिफोनमा आएका सन्देशहरु
आतुर छु हेर्न, कतै तिमीले पठाएका
मायाहरु पो हुन् कि ??

थाह छ ती सन्देशहरु अब
आउने छैनन् घरि घरि …
सायद त्यहि अन्तिम फोन थियो
जुन,मैलेतिम्रो सम्झनामा गरेकी थिए …!

के थाह यति छिटै सधैंका निम्ति
तिमी आकाश पारी जान्छौं भन्ने
माथि माथी बादल सँगै हराउछौ भन्ने
क्षणभर मै बिलाएर ,
मलाई दुखित तुल्याउछौ भन्ने ?

तर , चित्त बुझाएको छु
यो संसार आक्रान्त छ ,
मानिसहरु कोहि
फर्किने आशामा छन्
कोहि सधैंका निम्ति
नफर्किेने यात्रामा छन् …!!

छुट्ने बेला तिमीले भने जस्तै यो
आवेग र निराशाको कुनै अर्थ छैन !!

सायद , यो समय नै यस्तै पर्यो
धेरैको मनलाई रुवाएर गयो
मलाई पनि निराशा दिएर गयो …!!
त्यसैले दुनियाँको परिस्थितिलाई नियालेर
मन शान्त पार्दैछु !!

समयको यो वेगले कतिलाई
बगाएर लग्यो ,
कतिलाई नदिका
किनाराहरुमा छोडेर गयो ..
म पनि त्यहि बलवान् समयको
बेगको गतिमा हेलिएकोछु ..
समयको निर्मम गतिलाई
अनुभूति गर्दैछु !!

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article