हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : ” संविधान “

  • राज कुमार कार्की

देशको मूल कानुन नै हो नेपाल अधिराज्यको संविधान।
शब्दले मात्र हैन व्याकरणले पछ्याउनु पर्छ भन्नेहरु जान।।

Advertisement

नेपाली कांग्रेसको नेतृत्वमा नै बन्यो नेपालको गणतान्त्रिक संविधान।
बाधा अड्चन कहाँबाट के के आयो सुशील दा नै जानुन।।

Advertisement

एउटा मात्र संविधान बनाउन दुई दुई कार्यकाल नै खायो।
माननीय सदस्यहरु दुई मिनेट समय दिन्छु भन्दै समय खेर गयो।।

सुशील दा एकपटक तिम्रो नेपाली जनताले मानेकै छन आँट l
दुई दुई प्रधान मन्त्री भए संविधान बनाउन कसैले गरेनन् छाँट।।

आफैं संबैधानिक समितीमा रहि फेरि किन संविधान जलाए।
आफू अनुकूल भएन भनी बेलाबेलामा संविधानका धाराहरु चलाए।।

दुई हजार बहत्तर साल असोज तीनमा, घोषणा भयो आजकै दिनमा।
राष्ट्रपतिले लाल मोहोर लगाए सुशील दाले दबाव सब भगाए।।

सुशील दाको नेतृत्वमा देशले उत्कृष्ट संविधान नै पायो ।
नेताहरूलाई नाताबाद र कुर्सी , जनताले त केवल आलु नै खायो ।।

मस्यौदा समितीमा रहि संविधान बनाउन कृष्ण प्रसाद सिटौलाको ठुलो छ हात ।
देशले राम्रो संविधान पायो ,सबै सभासदहरुको पाएर साथ ।।

देशमा गणतन्त्र ल्याउन राजदबारको नि ठूलो छ हात।
संविधान विफल बनाउन देशीविदेशीले खोजेको सुशील दाको साथ।।

संविधानमा कहाँ कता कता के के लेखेका छन् ।
नेतृत्वले त केवल म मेरा मेरो मेरी मात्र देखेका छन् ।।

मधेसले भन्दैछ संविधानमा सबैको अपनत्व दिलाउ।
कहाँ के के परिवर्तन गर्नु पर्दछ सब एकता भएर मिलाउ।।

नेपाली जनता परिवर्तनका वाहक हुन सोचेर हेर।
अझै त समय बाकी छ बेलैमा सच्चिएर एक फेर।।

धन्यवाद ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)