समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नारायणी नदीको बीच भङ्गालोमा गैँडा मृतावस्थामा भेटियो, यो वर्ष मात्रै ४ गैँडा मरे, खाग ?

चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा शुक्रबार मृतावस्थामा गैँडा फेला परेको हो ।

Advertisement

गैँडा एक-दुई महिना अघि कालगतीले मरेका हुनसक्ने अनुमान गरिएको छ । पोष्टमार्टम पछि मात्र अन्यकुरा थाहा हुने उहाँले बताउनुभयो ।

Advertisement

गैंडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ । यसअघि गत भदौं २१ मा निकुञ्जमा एकसिङ्गे गैंडा मृतावस्थामा फेला परेको थियो । निकुञ्जमा चालु आर्थिक बर्षमा मात्र चार गैँडाको मृत्यु भैइसकेको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article