स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा आज एकैपटक थपिए २ हजार १२० जना कोरोना संक्रमित, २ हजार ४४ जना संक्रमण मुक्त

कमला भट्टराई झापा। बितेको २४ घण्टामा दुई हजार एक सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार नौ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार एक सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८४ हजार पाँच सय ७० जना पुगेको छ । आज काठमाण्डौ उपत्यकामा मात्रै एक हजार एक सय ७७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा दुई हजार ४४ जना कोरोना सङ्क्रमणबाट निको भएसँगै निको हुनेको सङ्ख्या ६२ हजार सात सय ४० पुगेको छ ।

Advertisement

अब नेपालमा २१ हजार तीन सय दुई जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय २८ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article