स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आज देशभर ३४३९ जनामा कोरोना संक्रमणको पुष्टि ,काठमाडौँमा १२ सय ९६ थपिए !

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर डर लाग्नेगरी बढेका बेला काठमाडौँ उपत्यकामा १६ सय ८४ जना संक्रमित थपिएका छन् । जसमध्ये आजमात्रै काठमाडौँमा १२९६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

त्यस्तै भक्तपुर र ललितपुरमा ९५ र २९३ जनामा संक्रमणको पुष्टि भएको छ । त्यस्तै आज देशभर ३४३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

Advertisement

१४२०९ जनामा पिसिआर परिक्षण गरिएकोमा जनामा कोरोना ३४३९ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित देशभर २५ हजार ७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सहित देशभर ६७ हजार ८६८ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने दर ७२ दशमलव ९ प्रतिशत रहेको छ ।

पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा समुदयमा देखिएको संक्रमण भारतमा भन्दा डरलाग्नेगरी बढीरहेको छ । तर सरकार, प्रशासन, प्रहरी भने भिडभाड र मास्क नलगाउनेहरुलाई पनि निर्धक्क बजारमा हिँड्न दिएर दशैँ मनाउन सुरु गरेको आम नागरिकले महशुस गरिरहेका छन् । जुन कदम एकदमै घातक हो भन्ने थाहा हुँदा हुँदै पनि काठमाडौँलाई खेलाची ठानीएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article