कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता :”नेतृव र न्याय”

राज कुमार कार्की

Advertisement

सहायक भइ प्रथम नै अगाडि रोजने।

Advertisement

न्याय निसाफमा कोल्टे फेर्न खोज्ने ।।

बर्ष बित्नलाइ केहि छैन हजुर गाह्रो ।

मतदाता बन्नेछन् अब त तिम्रो तगारो ।।

एक्काइसौं शताब्दीमा पनि जात भात रोज्ने।

कस्तो न्याय हो तिम्रो कोल्टे नै फेर्न खोज्ने ।।

मतदाता पनि न्यायाधीश हुन् मान नमान ।

दुधकोदुध पानीको पानी छुट्याउछ्न यति कुरा जान।।

मतदाता हौ गर्दछौं हामी मिलिजुलि सल्लाह।

हिसाब किताब सब निकाल्ने छौं नगरेर हल्ला।।

घमन्ड गर्दछौं तिमी आज कमाएर सधैं धनले।

मरीच झैं चाउरिनेछौ है आफ्नै घमन्डी मनले ।।

कर्ण पनि घमन्ड गर्दथे शस्त्र अस्त्रको साथले।

हार नै जीवनमा हुनगयो तिनको गुरुकै सरापले।।

अर्जुनको साथमा श्री कृष्ण नै छन हजुर सारथि।

मतदाता हुन् अर्जुन ढाल्नेछ्न अब सब महारथी।।

उच्चाइ लिनुछ तिमिले जीवनमा अझै सगरमाथा।

सकिदैन हजुर बर्णन नै गरेर कवितामा यो कथा ।।

समय अझै वाकिछ सक्छौ भने सच्चिएर आउ ।

न्याय निसाफमा कहिल्यै पनि तराजु नढल्काउ।।

धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article