कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गीत “टीका लाउन आउदिन”

राज कुमार कार्की
लोक भाका झ्याउरे।
खोला पारि कान्छी म माया लाउदिन ,
कोरोनाछ टीका लाउन आउदिन ।
सरर घुमौला कान्छी अर्को साल रेलैमा,
कोरोना सर्न सक्छ होस पुर्याउ बेलैमा।
चुहिएको छानो कान्छी खरैले छाएको ,
कमिसन जति कस्ले पो खाएको?
मेलम्ची आयो कान्छी धारामा पानी सलल,
कुलमान गए लोडसेडिङ झलल।
कोरोना आयो कान्छी हिमालै तरेर ,
कमिसन खान्छन् रछ्यानमै झरेर।
बाहिर जौ कान्छी पुलिसले हान्छ है मुक्काले,
भद्रगोल भयो देश उखान र टुक्काले।
टीका नलगाउ कान्छी कोरोनाको कहरमा,
दक्षिणा जति हेप्नीकै घरमा।
सरर घुमौला कान्छी अर्को साल रेलैमा,
कोरोना सर्न सक्छ होस पुर्याउ बेलैमा ।
पानी है पर्‍यो कान्छी सरर भ्यागुतो नै करायो,
सामन्त आयो चुच्चे नक्सा नै हरायो।
छोराछोरी बिग्रे कान्छी सोह्र बर्से बैँसले,
कुरो बिग्रिएको है लेन देन र पैसाले।
सरर घुमौला कान्छी अर्को साल रेलैमा,
कोरोना सर्न सक्छ होस पुर्याउ बेलैमा।
गीतै गाए कान्छी मैले लोक भाका झ्याउरे,
रोजगारी खोज्न फर्किए सब लाहुरे।
के के गर्दै जान्छन् कान्छी हेरौला काकाले,
रगत चुसे उडुस उपिया डाकाले।

Advertisement

सरर घुमौला कान्छी अर्को साल रेलैमा,
कोरोना सर्न सक्छ होस पुर्याउ बेलैमा।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article