प्रवास
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

इन्डोनेसियामा आज बिहान ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

काठमाडौ– इन्डोनेसियाको मालुकु प्रान्तमा आज (शुक्रबार) बिहान ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको छ।

Advertisement

भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा ७३ किलोमिटर गहिराइमा थियो। मानवीय र भौतिक क्षतिको विवरण भने आइसकेको छैन।

Advertisement

भूकम्प पछि इन्डोनेसियाको मौसम विज्ञान विभागले सुनामी आउने चेतावनी दिएको छ। विभागले सर्वसाधारणमा समुद्र तटभन्दा टाढै रहन आग्रह गरेको छ।

स्थानीय टेलिभिजन च्यानलका अनुसार भूकम्पको धक्काका कारण उत्तरी सुलावेसी र उत्तरी मालुकु प्रान्तमा क्षति पुगेको छ। सरकारले पनि विशेष गरी उत्तरी सुलावेसी प्रान्त र उत्तरी मालुकी प्रान्तका बासिन्दालाई नै सतर्क रहन भनेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article