शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

एसईईको परीक्षा चैत ६ देखि,  हेर्नुहोस् सुचीसहित

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा ९एसई० को परिक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०७६ को एसईको परिक्षा आगामी चैत ६ गतेबाट हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परिक्षा तालिका अनुसार एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा आगामी चैत ६ देखि १७ गतेसम्म हुनेछ ।

Advertisement

पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान, ११ गते अनिवार्य सामाजिक अध्ययन, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गणित र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परिक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

Advertisement

 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article