स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

नेपाल नर्सिङ संघको निर्वाचनमा प्रगतिशिल प्यानल विजयी

नेपाल नर्सिङ संघको निर्वाचनमा मनकुमारी राई नेतृत्वको प्रगतिशिल प्यानल विजयी । निर्वाचन समितिले उम्मेदवारको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ । नतिजाको औपचारिक घोषणा भने शुक्रबार दिउँसो २ बजे हुने निर्वाचन समितिले जनाएको छ ।

Advertisement

काठमाडौंमा बुधबार सम्पन्न भएको संघको १९औँ कार्यकार्य समितिका लागि भएको निर्वाचनमा अध्यक्ष निर्वा्चित भएकी राईले ३ हजार २ सय ७६ मत प्राप्त गरेकी छिन्। उनकी प्रतिद्वन्द्वी संयुक्त पेसागत प्यानलकी प्राध्यापक मुनाराना थापाले दुई हजार ८५ मत प्राप्त गरेकी छिन्।

Advertisement

अध्यक्षका दुवै उम्मेदवार महाराजगञ्ज नर्सिङ क्याम्पसका प्राध्यापक हुन् ,देशभरका २१ मतदान केन्द्रमा भएको निर्वाचनमा धरान, विराटनगर, वीरगञ्ज र लमजुङ पेसागत प्यानलले जितेको छ भने बाँकी स्थानमा प्रगतिशील प्यानलले जित हासिल गरेको बताइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article