शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारी ५ मा तिनमहिने ढाका बुनाई तथा सिलाई कटाई तालीम शुरु

 जलथल १४ पौष । हल्दिवारी गाउँपालिका महिला विकास समिति वडा नम्बर ५ को आयोजनामा तीन महिने शिलाई कटाई तथा ढाका बुनाई तालीम आजबाट शुरु भएको छ। हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देनले सहभागीलाई कैँची प्रदान गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको आयोजकले जानकारी दिएका छ्न ।

Advertisement

Advertisement

कार्यक्रममा प्रमुख अतिथी लिङ्गदेन ,वडा अध्यक्ष शेर बहादुर नेम्बाङ,महिला बिकास समिति संयोजक तारा ढकाल ,वडा सदस्य नन्दलाल पराजुली ,वडा सचिव भजन सङ्गौला , स्थानीय सामुदायिक बन अध्यक्ष यामुना बास्कोटा पलगायतले सुभकामना मन्तव्य राख्नु भएको थिए ।

वडा कार्यलयको २ लाख ५० हजार आर्थिक सहयोग संचालित उक्त तालीममा ४२ जनाको सहभागीता रहेको छ। सिलाई कटाईमा ३३ जनाले तालीम लिदै छ्न भने ढाका बुनाईमा ९ जनाले तालीम लिने कार्यक्रम सहजकर्ता सरस्वती चम्लागाईले haldibari.com लाई जानकारी दिएकी छ्न ।

उदघाट्न कार्यक्रमको सभापतित्वमा तारा ढकालले गर्नु भएको थियोे भने स्वागत भिमा गौतम तथा सहजीकरण सरस्वती चम्लागाई तथा तीन महिने तालिमको प्रशिक्षण भुमिका नेम्बाङ,दुर्गा अधिकारी चन्द कला राईले गर्ने आयोजकले जानकारी दिएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article