शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

जनविकास आवि चकचकीका ११९ विद्यार्थीलाई सुईटर बितरण

 चकचकी । बाह्रदशी गाउँपालिका ४ स्थित जनविकास आधारभुत विद्यालयमा अध्यन गर्ने बाल कक्षा देखि ३ सम्मका ११९ विद्यार्थीलाई न्यानो कपडा सुइटर बितरण गरिएको छ ।

Advertisement

Advertisement

स्थानीय शिक्षा समिति प्रमुख ज्ञान बहादुर पौडेलको प्रमुख आतिथ्य तथा कल्पना न्यौपानेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको haldibari.com लाई बताईएको छ ।

स्थानीय समाजसेवी महताब आलम र राष्ट्रिय बाणिज्य बैँक शाखा चकचकीको सयुक्त सहयोगमा विद्यार्थीहरुलाई सुईटर बितरण गरिएको हो ।

    विद्यार्थीहरुलाई सुइटर बितरण कार्यक्रममा बैंकका प्रमुख अनिल भण्डारी ,आलामका पिता नुर महमत विद्यालयका प्र अ श्याम नारायण गौस्वामी स्थानीय जनप्रतिनिधिहरुको उपस्थित रहेको थियोे भने उक्त कार्यक्रमको सहजीकरण करण विद्यालयका शिक्षक टिका गणेशले गर्नु भएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article