बिस्णुकुमारी घिमिरे / जलथल । बैशाख ३० गते हुन गई रहेको स्थानीय तह निर्वाचनको लागि हल्दिवारी गाउँपालिकाको अध्यक्ष पदमा एक दर्जन भन्दा बढीको नाम अहिले चर्चामा आएको छ ।

हल्दिवारी गाउँपालिका भित्र रहेका कृयाशिल राजनैतिक दलहरु नेकपा एमाले ,नेपाली काङ्ग्रेस ,नेकपा माओवादी ,नेकपा समाजवादी , राप्रपा र राप्रपा नेपाल लगायतबाट अध्यक्षको नाम चर्चामा आएको हो ।

विभिन्न दलका केही व्यक्तिहरुभने अहिले देखि नै म नै उम्मेद्बार हो भन्दै भोट माग्न शुरु गरि सकेको समेत स्थानीयहरु बताउँछन् ।
को को छ्न त चर्चामा आएका अध्यक्षका दाबेदारहरु –
नेकपा एमाले : डम्बरबहादुर गिरि , मोहन चन्द्र रेग्मी,त्रिलोचन सापकोटा , छविलाल चुडाल,धनकेशर बस्नेत नेपाली काङ्ग्रेस : कृष्ण प्रसाद प्रसाईं ,होम प्रसाद चुडाल , भुपाल बस्नेत ,तुलसी ओलि नेकपा माओवादी : राजेन्द्र योङहाङ ,भानु दङ्गाल , मोहन टुडु नेकपा समाजवादी : धर्म शिवाकोटी , राप्रपा : रवीन्द्र लिङ्गदेन ,कुमार राई , राप्रपा नेपाल : देवेन्द्र कन्दवाको नाम चर्चामा आएको हो ।