हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा ८५०० बालबालिकालाई टाइफाइड विरुद्धको खोप  लगाइने 

हल्दिवारी ,  २० चैत । झापाको हल्दिवारीमा  टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरूवात सम्बन्धि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम आज आइतबार हल्दिवारी गाउँपालिकामा सम्पन्न भएको छ।

Advertisement
हल्दिवारी गाउँपालिका भित्र रहेका ८ हजार ५ सय १५ महिना देखि १५ बर्ष उमेर समुहका बालबालिका लाई उक्त खोप लगाउन लागिएको स्वास्थ्य शाखा प्रमुख तथा खोप अभियानका फोकल पर्सन पुष्कर निरौलाले कार्यक्रममा जानकारी दिनु भएको छ ।
यहि चैत २५ देखि अभियानका रूपमा लगाउन लागिएको टाइफाइड विरुद्धको खोप नेपालमा पहिलो पल्ट लगाउन लागिएको छ ।
हल्दिवारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधिहरु , विभिन्न संस्थाका प्रतिनिधि ,विद्यालयका प्रतिनिधि ,प्रहरी , कर्मचारी  तथा स्थानीय संचारकर्मीहरुको उपस्थित रहेको थियोे ।
हल्दिवारी गाउँपालिका भित्रका सबै विद्यालय तथा छुट भएका हरुलाई नियमित खोप केन्द्रमा खोप लगाउने व्यवस्था मिलाईएको स्वास्थ्य शाखा प्रमुख निरौलाले बताउनु भएको छ ।
फोहर पानी र दिशा पिसाबबाट सर्ने रोगको रूपमा चिनिएको टाइफाइड रोग विरुद्धको खोप सबै आफ्ना बालबालिका लगाउन प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले आह्वान समेत गर्नु भएको  छ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)