हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पत्रकारले मिथ्या सूचनाबाट बच्नुपर्नेमा जोड

झापा, चैत २७। नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति’ विषयक दुई दिने प्रशिक्षण झापाको कनकाई–१ दुर्गापुरमा आइतबार सम्पन्न भएको छ । कनकाई नगरपालिका कार्यक्षेत्र भएकासहित जिल्लाका क्रियाशील ४९ जना सञ्चारकर्मीको सहभागिता रहेको प्रशिक्षणको सहजीकरण खोज पत्रकार तथा सम्पादक मोहन मैनालीले गरेका थिए ।

Advertisement

 पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र महासंघका पूर्व अध्यक्ष केशव आचार्यको प्रमुख आतिथ्यमा भएको प्रशिक्षण समापन समारोहमा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि आचार्यले पत्रकार मिथ्या सूचनाबाट बच्नुपर्ने र चुक्न नहुने बताए । उनले पत्रकारहरु अध्ययनशील र समाचार खोजमूलक हुनुपर्नेमा जोड दिए । कनकाई नगरपालिकाको सहयोगमा महासंघले उक्त प्रशिक्षण सञ्चालन गरेको हो ।

Advertisement

कार्यक्रममा महासंघका राष्ट्रिय परिषद् सदस्य तथा फोनिजका नेता दिपीन राई, प्रेस चौतारीका प्रदेश सदस्य राम निरौला, प्रेस युनियनका जिल्ला सचिव डिल्लीराम घोर्साइ, प्रेस सेन्टरकी जिल्ला उपाध्यक्ष होमकुमारी कुमाल सुष्मा, स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष नरेन्द्र ढकालले मन्तव्य राख्दै अत्यावश्यक विषयमा महासंघले तालिम आयोजना गरेर पत्रकारको क्षमता अभिवृद्धिमा महत्वपूर्ण टेवा पु¥याएको बताए ।

कार्यक्रममा सहभागीको तर्फबाट तीर्थराज खरेल र तलु वास्केले आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रमको सञ्चालन महासंघका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । तालिमको उद्घाटन शनिबार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)