स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीका २३ बर्षिय युवा उपचार नपाउदा ,घरमै साङ्लोले बाधेको अवस्थामा फेला

 हल्दिवारी ,झापा । आर्थिक अभावका कारण उपचार गर्न नसकेर २३ बर्षिय छोरालाई गाउँपालिकाको गेट अगाडि नै बाधेर राखेको हल्दिवारी -५ मा देख्न सकिन्छ ।

Advertisement

 

Advertisement

आफ्नो २३ बर्षिय छोरा गङ्गा प्रसाद छोरालाई कुकुर बाध्ने साङ्लोले बाधेर राखेका छ्न बुबा चन्द्र प्रसाद ढकालले उपचार गर्ने अवस्था नभए पछि । हल्दिवारी गाउँपालिकाले बनाई दिएको घरमा बस्दै आएका ढकालको गत पुसदेखी मानसिक अवस्था बिगि्रएपछि ,उनको उपचार गर्न नसकेको बुबा चन्द्र प्रसाद ढकालले दुखेसो पोखे ।

गाउँपालिकाको गेट नै अगाडि यस्तो अवस्था हुँदा समेत कसैको ध्यान गएको छैन बरु भोट माग्नेको लस्कर र पार्टीको झण्डा फराउने भने कम छैनन् ।

एउटा रास्ट्रको होनहार युवाको यस्तो अवस्था हुनु र उपचार समेत नपाउनु भनेको झापा जिल्ला जस्तो ठाउँमा तपाई आफै बुझ्नु हुनेछ। यी युवाले उपचार पाउन ,सबैले सहयोग गरौ यहि आह्वान हल्दिवारी डटकम परिवार देस बिदेशमा बस्ने युवाहरूलाई आह्वान गर्दछ ।

https://fb.watch/crY2rC_KFy/

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article