शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एसईई परिक्षा आजबाट शुरु ( फोटो फिचर)

हल्दिवारी  : आज हल्दिवारी लगायत  देशभर एसईईको परीक्षा सुरु भएको छ। यस वर्षको परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी छन्। एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिए। उनले यस वर्ष ११ हजार ६ सय १५ विद्यालयबाट नियमिततर्फ छात्र १ लाख ५७ हजार ९ सय १४ र छात्रा २ लाख ५७ हजार ५३ जना गरी कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुने बताए।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी र प्राविधिक धारकातर्फका २ सय ९९ विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी पनि एसईईमा सहभागी हुँदैछन्। परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदैछन्।
हेर्नुहोस् शुक्रबार परीक्षा दिंदै परीक्षार्थी

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)