हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

एसईई परिक्षा आजबाट शुरु ( फोटो फिचर)

हल्दिवारी  : आज हल्दिवारी लगायत  देशभर एसईईको परीक्षा सुरु भएको छ। यस वर्षको परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी छन्। एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिए। उनले यस वर्ष ११ हजार ६ सय १५ विद्यालयबाट नियमिततर्फ छात्र १ लाख ५७ हजार ९ सय १४ र छात्रा २ लाख ५७ हजार ५३ जना गरी कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुने बताए।

Advertisement

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी र प्राविधिक धारकातर्फका २ सय ९९ विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी पनि एसईईमा सहभागी हुँदैछन्। परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदैछन्।
हेर्नुहोस् शुक्रबार परीक्षा दिंदै परीक्षार्थी

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)