स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आज थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

कोरोना भाइरसको सङ्क्रमण आज १७ जनामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ८११ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ ।

Advertisement

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २१७ रहेको छ । पछिल्लो समय १५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७३० पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित जिल्ला ३० पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.३ प्रतिशत छ । नेपालमा प्रति १० लाखमा ३९३।४ जनाको निधन भएको छ । हाल होम आइसोलेशनमा २१६ र संस्थागत आइसोलेशनमा एक जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ९२ हजार ८८ जनाले खोप लगाएका छन् । रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article