अर्थ
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

राष्ट्र बैंकले २० अर्ब १८ करोडको ट्रेजरी बिल जारी गर्दै

नेपाल राष्ट्र बैंकले मंगलवार ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले २० अर्ब १८ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो । ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्ने बैंकले जनाएको छ । ट्रेजरी बिल आज सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

यसैगरी, बैंकले ९१ दिनको लागि ७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको जनाएको छ | यो बिल साउन २४ गते परिपक्व हुनेछ । बैंकले १८२ दिनको लागि ११ अर्ब बराबरको ट्रेजरी बिल जारी हुँदै छ । यो बिल कात्तिक २२ गते परिपक्व हुने छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)