बिचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

के हो माघे संक्रान्ति ?

आचार्य रामचन्द्र

रामचन्द्र आचार्य , वैदिक पद्दति अनुसार वर्षलाई दुई भागमा विभाजन गरिन्छ।यो विभाजन सूर्य क्रान्तिवृतको आधारमा हुन्छ।जसम ूअयनू नामले संज्ञान लिईन्छ।यो संगै ऋतु पनि परिवर्तन हुन्छ र सौर्य क्रान्ति रेखामा अन्तिम त्रैमासिक वृत्तमा सूर्यले आफ्नो गति रुपान्तरण गर्छ।

Advertisement

जस अनुसार पहिलो अयन व्यतित भई द्वितीय अयन उत्तरायण लागू हुन्छ ।अर्थात आकासका सुर्यको उदय उत्तरदिशावाट प्रतीत हुन्छ वा उत्तरदिशामा सूर्यको प्रशरण हुन्छ।यहि सूर्यक्रान्तिवृत्तियप्रशरण नै उत्तरायण हो यो माघ महिना हो भने यो महिना मकर राशिमा सूर्य प्रवेश गर्छन वा द्दठण् डिग्रिको वार्षिक चक्रपरिपथ पूरा गरेर द्दठज्ञ अंशगत वृत्तमा प्रवेश गरेको छ।यो चक्र घटण् अंशको हुन्छ।तर यहाँ यो पक्ष भने प्रधान होईन ।

Advertisement

अयनादी गणना विश्लेषण ऋतुमा पनि लागू हुन्छ।आज शिशिर ऋतुमा समय प्रवेश भएको छ।
यहि वैज्ञानिक मान्यता र अनुसन्धेय व्यवहारिक विधि अनुसार मानविय व्यवहार प्रतीत हुन्छन।सुर्य उत्तरायण समय सवैको गति भाग्य र असल समयको प्रतीक हो।यो समयमा हरिहरार्चन लगायत समस्त पुजाआजा र पद्दति स्विकार र समयादि दोष रहित मानिन्छ।यो उत्तरायण वर्षमास सवै कर्मका लागि उत्तम र रसपात र सहित वातानसकुलित मानिन्छ र यो समयमा जन्म मृत्य देखि सवै संयोग फलदायक छ।

आज माघ संक्रान्ति मकर अंशमा सूर्यको संक्रमण भएकोले संक्रान्ति भनिएको हो।यो दिनमा व्रत स्नान जप, पाठ पुजा ,अर्चना, वन्दना, पठन पाठन, युद्द, मारण मोहन, लगायत ,सत्रुसाधना, मित्रसाधना पनि योग्य छ।त्यसै गरि व्यापार रोजगार, राजनिति पनि योग्य मानिन्छ तर सवै कर्म सत्य र न्यायको प्रशंग हुनु पर्छ तब मात्र सफल हुन्छ।जस्तै कनै मानिस अन्यायमा परेको हो भने अन्यायि विरुद्द सत्रु साधना सफल हुन्छ तर अन्यथा यो सफल हुदैन।

त्यसैले यो दिन व्रत उपासना र भागवत धर्म अनुरुप सवै साधारण मानवका लागि योग्य छ र आजकादिन गण्डकी र गंगा नदीको स्नान विशेष महत्वपुर्ण छ।हिमस्रोत नदीको स्नात र सूर्य तर्पण सवैभन्दा महत्व पूर्ण छ।त्यसै गरि जातजाति ,वनवासी, आदिवासी हरुपनि यहि मान्यताको आधारमा आफ्ना चाल चलन र रिति मनाउदछन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article