कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अक्षय कुमारको फिल्म पृथ्वीराजको ट्रेलर सार्वजनिक

यतिबेला हिन्दी चलचित्र दक्षिण भारतीय चलचित्र संग थला परेको अवस्थामा छ । अहिले पुरै बजार दक्षिण भारतीय चलचित्रले खाई दिएको छ । तर पनि हिन्दी फिल्म रिलीज हुनेक्रम भने दिनानु दिन बढिरहेको छ । यसैक्रममा चन्द्रप्रकाश द्विवेदीद्धारा निर्देशित अक्षय कुमारको आगामी फिल्म ‘पृथ्वीराज’ को ट्रेलर सार्वजनिक भएको छ। चाहमना वंशका राजा पृथ्वीराज चौहानको जीवनमा आधारित यो एक ऐतिहासिक महाकाव्य युद्ध एक्शन ड्रामा फिल्म हो।

Advertisement

यशराज फिल्म्सद्वारा निर्मित यस फिल्ममा अक्षय कुमारले चौहान वंशका राजा पृथ्वीराज चौहानको भूमिका निर्वाह गरेका छन्। यस फिल्ममा पुर्व मिस वल्र्ड मानुषी छिल्लर समेत देखिने भएकी छिन् । उनले यसै फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन् । उनलाई अक्षयको साथमा संयोगिताको भूमिकामा देखिनेछिन् भने सञ्जय दत्त पृथ्वीराजको दृष्टिविहीन काकाको रूपमा र सोनू सूद पृथ्वीराजको वफादार साथी चन्द्रवरदाइको भूमिकामा देखिनेछन्।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article