शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

पोषाकमा शिक्षकलाई वर्षेनि एक अर्व ५० करोड, अधिकांश शिक्षकले लगाउँदैनन् पोषाक

 सरकारले प्रत्येक वर्ष पोषाक भत्ता उपलब्ध गराउँदै आएपनि अधिकांश शिक्षकहरुले पोषाकनै नलगाई विद्यालय जाने गरेको पाइएको छ ।सरकारले प्रति शिक्षक वार्षिक १० हजार उपलब्ध गराउने गर्छ । यसअघि ७ हजार पाँच सय रुपैंया वितरण गर्दै आएको थियो ।

Advertisement

तर, शिक्षकहरु पोषाक नै नलगाएर विद्यालय जाने गरेका छन् । एक शिक्षकले भने, जाडोको समय छ, ‘ज्याकेट लगाउनुपर्ने हुन्छ, त्यहि भएर पोषाक लगाएन ।’शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको पछिल्लो तथ्याकं अनुसार शिक्षक संख्या एक लाख ५० हजार वढि छन् । यसरी हेर्दा पोषाक भत्ता बापत वर्षेनी एक अर्व ५० करोड रुपैंया खर्च हुन्छ ।

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको पछिल्लो तथ्याकं अनुसार शिक्षक संख्या एक लाख ५० हजार वढि छन् । यसरी हेर्दा पोषाक भत्ता बापत वर्षेनी एक अर्व ५० करोड रुपैंया खर्च हुन्छ ।हाल सरकारले सामुदायिक विद्यालयहरुमा स्थायि शिक्षक, अस्थायि शिक्षक अन्तर्गत् राहत, करार, अनुदान, पि सि एफ, सट्टा लगायतलाई पोषाक भत्ता उपलब्ध गराउँदै आएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयका प्रवक्ता दिपक शर्माले शिक्षकहरुलाई चैत मसान्तसम्म सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षकहरुलाई पोषाक भत्ता उपलब्ध गराउने गरेको बताए । उनले भने, ‘हामिले वर्षेनी भत्ता उपलब्ध गराउँछौं । शिक्षकहरुले नियमित पोषाक लगाउनुपर्छ । ’

यसैविच, गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक विद्यालयका प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीहरुलाई अन्य कर्मचारी र शिक्षक सरह पोषाक भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो शिक्षा मन्त्रालयका अनुसार देशभर बाल विकास सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीहरूको संख्या ६४ हजारको हारहारीमा छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article