स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेपालमा १४९ जना कोरोनाका सक्रिय संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४९ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार ३ हजार ५६५ पीसीआर परीक्षणमा १८ जना र ६३२ एन्टिजेन परीक्षणमा १ जना गरी कुल १९ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

Advertisement

त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । यसैगरी, मंगलवार १८ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ९२१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article