अर्थ
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारी उधोग बाणिज्य संघको सदस्यता विस्तारलाई तीब्र 

गोलधाप ,१५ जेठ । हल्दिवारी उधोग बाणिज्य संघको सदस्यता विस्तारलाई जोड दिदै आज गोलधाप बजारलाई लक्ष्यित गरी सदस्य विस्तार गरिएको छ।
संघका अध्यक्ष सुमन मैनाली ,उपाध्यक्ष सत्येन्द्र कुमार कर्ण ,सचीव नेत्र बिक्रम बिमलि ,कोषाध्यक्ष सुनिल बारकोटी ,सदस्यहरु निराजन दाहाल र शान्ता शिवाकोटी सहितको टोलिले गोलधाप बजार क्षेत्रमा व्यवसाय गर्नु हुने १८ व्यवसायीहरुलाई संघको सदस्यता प्रदान गर्दै हल्दिवारी उधोग बाणिज्य संघमा आवद्ध गराउनु भएको छ ।
हल्दिवारीमा व्यवसाय गर्ने जो कोहि नेपाली नागरिक बिधानमा उल्लेख भए अनुसार संघको सदस्य बन्न पाउने संघका अध्यक्ष सुमन मैनालीले बताउनु भयो ।
हल्दिवारी  गाउँपालिका -२ स्कुल चोकमा केन्द्रिय कार्यालय रहेको संघ शुद्ध व्यवसाय गर्ने व्यवसायीहरुको छाता संगठन हो ।
आज संघको सदस्यता लिनुहुनेमा व्यवसायी तथा वडा नम्बर १ का वडा अध्यक्ष त्रिलोचन सापकोटा ,भिम प्रसाद लहगुन ,चैतन्य प्रसाद शिवाकोटी ,सुभद्रा दंगाल ,गितादेवि कडरिया ,लोकनाथ भण्डारी ,त्रिलोचन भण्डारी ,इन्द्र बहादुर कार्की ,भक्त प्रसाद ससांकर ,ज्योति ससांकर,नारायण कार्की ,टिकाराम राई ,राम कुमार बराईली ,कमल प्रसाद दाहाल रहनु भएको छ।
त्यसैगरी खलिल अंसारी ,गोमा कुमारी राई ,कमल राई र अम्बिका देवि उप्रेती रहनु भएको छ ।
संघले हल्दिवारी गाउँपालिका भित्रका सबै व्यापार व्यवसाय गरी बस्नु हुने व्यवसायीहरुलाई संघमा आवद्ध भएर अगाडि बडन समेत आह्वान गरेको छ ।
कुनैपनि व्यवसायीहरुलाई कुनै पनि कुराको जानकारी लिनु परेमा निम्न मोबाइल नम्बरमा सम्पर्क गर्न समेत संघले अनुरोध गरेको छ । सम्पर्क नम्बर :  ९४२४९९७१२० 
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article