हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीकी सुस्मिता राजवंसीलाई बचाउन आर्थिक  सहयोगको अपिल 

  जनक राजवंसी / हल्दिवारी ,१९ जेठ । हल्दिवारी २ की आगोले जलेर सख्त घाइते  सुस्मिता राजवन्सिको  आर्थिक अवस्था नाजुक रहेकोले उपचारमा सहयोग पुर्याउन  हल्दिवारी बासिलाई आह्वान गरिएको छ।

Advertisement
अति विपन्न प्रकाश राजवन्सिकी २३ बर्षिय श्रीमती सुस्मिता राजवन्सिलाई १२ गते बिहीबारका दिन राती  १० बजे घरमा बालेको  कुपिबाट लागेको आगोले सख्त घाइते भइ बिराटनगरको म्याक्स अस्पतालमा उपचार भइ रहेको छ ।
उनको ७ महिनाको छोरा समेत रहेको र उपचार गर्न आर्थिक अवस्था नभएकोले उपचारका लागि ” सुस्मिता राजवन्सि बचाउ अभियान ” मार्फत  सहयोगको लागी आह्वान गरिएको सामाजिक अभियानकर्ता भिमराज फ्याकले बताए ।
उनका अनुसार उपचारका लागी हालसम्म ६० हजारको सहयोग आश्वासन आएको र उपचारका लागी कम्तीमा ६/७ लाख लाग्ने अस्पतालले जनाएको छ ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)