हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिबारीका अर्का एक युवाको बिएण्डसीले गर्याे उद्धार

हल्दिबारी, १९ जेठ । आर्थिक अभावका कारण उपचार नपाएका हल्दिबारी गाउँपालिका वडा नं. २ बस्ने प्रकाश राजवंशीलाई बि एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उद्धार गरि अस्पताल लगेका छन ।

Advertisement


बिगत चार बर्ष अगाडी देखि पेटमा राखेको पाइप निकाल्न नसकेका राजवंशीलाई स्थानिय समाजसेवी कृष्ण प्रसाद प्रसाईको पहलमा आज उद्धार गरि बि एण्ड सी अस्पताल लगिएको हो । गाडी एक्सीडेन्टमा परेका राजवंशीको बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान घोपामा उपचार गरिएको थियो ।

Advertisement

 

आर्थिक अभावका कारण पेटमा राखिएको पिसाब थैलीलाई निकाल्न नसक्दा इन्फेक्सन भै सकेको अवस्थामा निर्देशक प्रसाईले राजवंशीलाई उनकै घरबाट उद्धार गरि निशुल्क उपचार गरि दिने बचन बद्धताका साथ अस्पताल पठाएका हुन ।


निम्न अवस्था भएका, मानसिक रोगी, क्यान्सर, मृगौला तथा महिलाहरुको पाठेघरको उपचारमा समेत सकृय रहेका प्रसाईले झापा क्षेत्र नं. ३ का पाँच हजार परिवारको स्वास्थ्य बिमा समेत गरि दिएका छन ।राजवंशीको आर्थिक अभावका कारण उपचार गर्न नसकेको खबर पाए पछि आफै आएर अवस्था हेरी सम्पुर्ण उपचारको खर्च निशुल्क गरि दिने गरि उद्धार गरेको प्रसाईले बताएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)