हल्दिवारी ,१९ जेठ । झापा जिल्ला कारागारमा ७ महिना देखी बन्दी जिवन बिताइरहेका फोटोपत्रकार दुर्लभ रोय चौधरीलाई भेट्न रास्ट्रिय फोटो समुह नेपालका केन्द्रिय अध्यक्ष प्रदीप राज वन्त आज झापा आएर फर्किएका छ्न ।

उनले प्रमुख जिल्ला अधिकारी ,जेलर र उनका वकिल संघ भेटेर उनको अवस्था र मुद्दाको बिषयमा छलफल गरेका थिए । उनि संगै Rahul bhare (South Asian federation) को महासचिव , फोटो पत्रकार नेत्र बिक्रम बिमलि र बिनोद पाण्डे समेत उनलाई भेट्न झापा कारागार पुगेका थिए ।
नेशनल जिओग्राफी ,वल्ड स्ट्रिट फोटोबुक ,टाइम्स अफ इन्डिया र प्राक्टिकल फोटोग्राफी जस्ता प्रख्यात मिडियामा फोटोग्राफीको काम गर्दै आएका थिए । नक्कली डलर बोकेको अभियोगमा बन्दी जिवन बिताइरहेका २४ बर्षिय दुर्लभको पक्राउ र छानबिनको बिषय भने रहस्यमय बनेको छ ।

उनिसगै रहेको क्यामरा र अन्य सामाग्रीको बिषय कुनै जानकारी समेत नगरानु र उनकि आमालाई केहि दिन अगाडि जिम्मा दिनु पनि उनि निर्दोष रहेको पुस्टि हुन्छ । उनको बारेमा मदन ढुङ्गानाले रातोपाटीमा बिस्तृत लेखेपछि भारत र बिस्व भरका पत्रकार बिच उनको बन्दी जिवन र रिहाईको बिसयमा छलफल शुरु भएको छ ।
उनले वन्त सहितको पत्रकारहरु संघ आफु निर्दोष रहेकोले सहयोगको लागी आम बिस्व भरका पत्रकारहरुमा याचना समेत गरेका छ्न ।
हेर्नुस् राटोपाटीमा प्रकाशित बिशेष रिपोर्ट :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















