शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

वातावरण दिवसकाे उपलक्ष्यमा अखिलद्वारा हल्दिबारीमा वृक्षारोपण

हल्दिबारी, २०७९ जेठ २२ l विश्व वातावरण दिवसका अवसरमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु हल्दिबारीले भेलागढी पार्कमा वृक्षारोपण गरेको छ।

Advertisement

Advertisement

हल्दिबारी गाउँपालिकाको गौरवको आयोजना भेलागढी सामुदायिक बन भित्र रहेको भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा भएको वृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समितीका अध्यक्ष साेमनाथ पाेर्तेल, नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा पुर्व हल्दिबारी गा पा उपाध्य डम्बर बहादुर गिरी, अखिल हल्दिबारी अध्यक्ष बिजय राई, ,अनेरास्ववियु जिल्ला उपाध्यक्ष बलराम गिरीलगायतका पार्टी, युबासंघ का नेताहरुको उपस्थिति रहेकाे थियो ।

 

अखिलले वृक्षारोपण सगै सरसफाइ सचेतनामुलक कार्यक्रम पनि गरेको छ । अमला ,एकासिया,हरो,कपुर र लटर जस्ता बिरुवा गरेर ५० भन्दा बढी विरुवाहरु पार्कमा रोपिएको छ । छोटो तयारीमा आयोजना गरेको वृक्षारोपण कार्यक्रम मै २०७८ साउन ६ गते युबा संघ र अखिल ले रोपेको फलफुल का बिरुवा समेत गोड्मेल गरेको छ ।

तस्बिर : नेत्र बिक्रम बिमली

 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article