अर्थ
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कचनकवललाई आर्थिक पारदर्शीताको पालिका बनाउने पहिलो प्राथमिकता – उपाध्यक्ष भट्टराई

नेत्र बिक्रम बिमली, झापा । नेपालकै होचो ठाउँमा अवस्थित कचनकवल गाउँपालिकालाई आर्थिक पारदर्शिताको नमुना पालिका बनाउने गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष नवराज भट्टराईले बताउनु भएको छ । नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै उपाध्यक्षमा बिजयी भएका भट्टराईको पहिलो प्राथमिकतामा कृषि ,स्वास्थ ,शिक्षा र वडा गत बजेट विनियोजन गरी जनताले अनुभुती गर्ने खालको कामको थालनी गर्ने योजना रहेको देखिन्छ ।

Advertisement

Advertisement

उपाध्यक्ष भट्टराईका अनुसार अघिल्लो राप्रपाको स्थानीय सरकारले गरेका बदनियत पुर्ण आर्थिक अनियमितता र पारदर्शितालाई कालेन्द्र प्रसाद राजवंसीको नेतृत्वमा गाउँ कार्यपालिकाले शुन्यमा झार्ने गरी काम कारवाहि अगाडि बडाउने छ । कचनकवलको बिकासको लागी कृषि ,,शिक्षा ,पर्यटन ,स्वास्थ ,व्यापार व्यवसाय र रोजगारीलाई प्राथमिकतामा राक्दै बहुपक्षीय छलफल र सुझावका आधारमा आगामी बजेट बनाउने उनले प्रष्ट पारेका छ्न ।

 

यहाँका अतिविपन्न ,सीमान्तकृत ,मुसहर , सन्थाल ,गन्धर्व ,बालबालिका , महिलाहरुको लागि बजेटलाई प्राथमिकतामा राखिने गरी चुनावमा काङ्ग्रेस एमाले बिच भएको सहमतिलाई पालना गर्दै अगाडि बड्ने बिसयमा छलफल शुरु गरीएको उपाध्यक्ष भट्टराईले बताए । मेरो पालिकाको बजेट हाम्रो हो भन्ने हिसाबले हामी अगाडि बड्छौ , सबैले हेरेको बिषय स्थानीय कर पनि हो त्यसलाई प्रगतिशील र बैज्ञानीक कर प्रणाली लागु गर्न उधोग बाणिज्य संघ नभई रहेको अवस्था व्यवसायी हरुसङ छलफल गरी कर प्रणालीलाई अगाडि बडाउने उनले बताए ।

स्थानीय सरकार ऎन भित्र रहेर २२ वटा अधिकार र क्षेत्रलाई पालना गर्दै अगाडी बड्ने समेत बताउनु भयो । आफ्नो कार्यकाल भित्रमा कचनकवल भित्रको बिकास निर्माणलाई बैशाख सम्ममा सक्ने गरी बिषयगत शाखा मार्फत कामलाई अगाडि बडाउने गरी छलफल गरीरहेको समेत उपाध्यक्ष भट्टराईले बताउनु भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article