स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

धादिङमा डेंगु संक्रमित बिरामीको मृत्यु

धादिङ, ३ असार – धादिङमा डेंगुको उपचाररत एक बिरामीको ज्यान गएको छ । ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।

Advertisement

बिरामी भएपछि उनी स्वास्थ्य परीक्षणका लागि बिहीबार धादिङ अस्पतालमा पुगेका थिए । ल्याब परीक्षणबाट उनमा डेंगु रोगको संक्रमण पुष्टि भएको थियो ।

Advertisement

संक्रमणपछि धादिङ अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेट डा। मधुकर दाहालले जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article