अर्थ
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कचनकवल गाउँपालिकाको बजेट ५३ करोड ८३ लाख ४४ हजार रुपैयाँ

वनियानी ,१० असार । झापा जिल्लाको कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्षका २०७९/०८० का लागि ५३ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

Advertisement

प्रदेश नं– १ का भूमि व्यवस्था तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा भएको दोस्रो गाउँ सभामा , प्रमुख अतिथि सरावगी ,प्रदेश सभासद बसन्त बानियाँ नेका सभापति तुलाराम अधिकारी एमाले उपाध्यक्ष चेतराज भट्टराई लगायतले नीति तथा कार्यक्रमको प्रशंसा गर्नु भएको थियोे ।

Advertisement

असार १० गते यहाँ आयोजित दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा ‘दिगो सुशासन, पारदर्शी प्रशासन ः कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारको दिगो विकास, कचनकवलको अभियान’ भन्ने नाराका साथ गाउँपालिकाले बजेट सार्वजनिक गरेको हो । गाउँसभामा गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले कचनकवलबासीको आवश्यकता र चाहना बमोजिम १२ वटा प्राथमिकता क्षेत्र पहिचान गरी नीति तथा कार्यक्रम निर्माण गरिएको बताउनु भएको छ भने गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले आर्थिक वर्ष २०७९–०८० का लागि बजेट प्रस्तुत गर्नु भएको थियोे ।

के के छ्न त बजेटका प्राथमिकताहरु : १. कृषिको आधुनिकीकरण ,व्यवसाहिकरण तथा उत्पादन वृद्धि २. शिक्षा र स्वास्थ्यको गुणस्तर अभिवृद्धि ३. सामाजिक तथा आर्थिक बिकास ४. सस्थागत क्षमता बिकास ,सेवा प्रवाह ,प्रवावकारीता र सुशासन ५. लक्ष्यित तथा विपन्न बर्गको सशक्तीकरण तथा क्षमता बिकास ६. हरियाली प्रवर्द्दन ,पर्यटन केन्द्रको बिकास सहित आर्थिक बिकास ७. वातावरण संरक्षण ,विपद व्यवस्थापन ८. भौतिक पुर्वाधार निर्माण एवं स्तर उन्नति ९. कृषि औद्योगिककरण तथा युवा रोजगारमा वृद्धि १०. गरिब ,विपन्न तथा अशक्त मैत्री कार्यक्रम ११. महिला आय आर्जन तथा सशक्तीकरण १२. सेवा प्रवाह ,सुशासन र पारदर्शिता

कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण गाउँपालिका सूचना अधिकारी केशव मैनालीले गर्नु भएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article