कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कविता ” एकाकी मन “

दयानन्द गोस्वामी

Advertisement

” एकाकी मन ”

Advertisement

चाह्रै दिशा छ प्रकृतिको आल्हाद
फेरि कीन मन मेरो एकाकी आज?

प्राचीको त्यो अरुणिमा झैँ विहान
नवीन पल्लवहरुको हरित वितान,

सिरीरी सिरीरी छ बतासको स्वर
कुन्ज कुन्ज भरी मै मुखरित गान,

प्रत्येक लहरमा बिम्बित छ उन्माद
फेरि कीन मन मेरो एकाकी आज?

अन्जलि भरुँला म स्वयं अनुराग
त्यागुँला मनभरी को पिर र विराग,

किरण र बिम्बको स्वप्नील माला
लगाएर गाउँछु म जीवनको राग,

लुप्त छ काहीँ कतै बेदना अवसाद
फेरि कीन मन मेरो एकाकी आज?

बादलको रिमझिम रिमझिम फौवार
कोइली पनि गाउँछे गीत मल्हार,

पुतलीका जीर्ण सप्तरंगी पछ्यौरा
भँवरा को मिठो मिठो त्यो मनुहार,

झरनाको कलकल गर्दै गर्ने निनाद
फेरि कीन मन मेरो एकाकी आज?

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article