शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

दिपेन्द्र प्रावी हल्दिवारी ४ को ३३ औं बार्षिकउत्सव सम्पन्न

दिपेन्द्र प्रावी हल्दिवारी ४ को ३३ औ बार्षिकोत्सव तथा नव निर्मित भवनको हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरिले उदघाटन गर्नु भएको छ। आफ्नो उद्घाटन मन्तव्य राखदै उपाध्यक्ष गिरिले हल्दिवारी गाउँपालिका कै नमुना विद्यालयमा अघि बडेको उक्त विद्यालयलाई आठ कक्षा सम्म लैजान गाउँपालिकाले सहयोग पुर्याउने वचन व्यक्त गर्नु भएको थियोे ।

Advertisement

Advertisement

विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेशलाल मेचेको सभापतित्वमा भएको कार्यक्रमलाई प्रमुख अतिथी गिरि ,वडा अध्यक्ष होम प्रसाद चुडाल ,कार्यपालिका सदस्य गिता भन्डारी,मोति आधारभूत विद्यालयका प्रअ केदार प्रसाद सुबेदीले सुभ कामना मन्तव्य राख्नु भएको थियोे ।

बार्षिकोत्सव कार्यक्रममा विद्यालयलाई सहयोग पुर्याउने बिसुलाल मेचे ,चौकी बिरान सामुदायिक बन उपभोक्ता समूह ,विद्यालयका उत्कृष्ट शिक्षक केसब प्रसाद चुडाल लगायतलाई प्रमुख अतिथी गिरि तथा विशेष अतिथि चुडालले सम्मान गर्नु भएको थियो ।

प्रदेश सरकारको ससर्त पुजिगत सहयोग १५ लाखको सहयोगमा २ कोठे भवन उपाध्यक्ष डम्बर बहादुर गिरिको सहयोगमा निर्माण भएको हो ।

उक्त कार्यक्रममा वडा अध्यक्ष होम प्रसाद चुडालबाट अति बिपन्न परिवारका विद्यार्थीलाई ट्याकसुट बितरण गर्न बजेट उपलब्ध गराइएको जानकारी गराइएको थियोे ।

कार्यक्रममा विद्यार्थीहरुले नित्य प्रस्तुत गरेका थिए भने तीन जना विद्यार्थी बिजय मेचे ,प्रिर्या मेचे ,अनिल मेचेले अङ्ग्रेजीमा आफ्नो भनाई प्रसुत गरेका थिए । कार्यक्रमलाई स्वागत यसोदा खड्काले गरेकी थिएन भने सहजीकरण केशव प्रसाद चुडालले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article