स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिबारीमा पोषण तथा परिवार नियोजनका अस्थायी साधन सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न, ३ स्वास्थ्यकर्मी सम्मानित

हल्दिबारी, २३ असार । झापाको हल्दिबारी गाउँपालिका स्वास्थ्य चौकी हल्दिबारीमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा तयारी सम्वन्धि अभिमुखिकरण तथा ५ आधुनिक परिवार नियोजनका साधन सुनिच्छीतता संस्था घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
हल्दिबारी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी हल्दिबारी ब्यवस्थापन समितिका अध्यक्ष शुकलाल राजवंशीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

Advertisement

कार्यक्रममा अध्यक्ष राजवंशी, स्वास्थ्य साखा हल्दिबारीका प्रमुख पुष्कर निरौला, नर्सिङ निरिक्षक अमिना श्रेष्ठ, महिला स्वमंसेवीका सारदा लिङ्गदेन लगायतले कार्यक्रमको औचित्य र भाविदिनहरुमा खेल्नु पर्ने विषयमा मन्तव्य राख्नु भएको थियो ।

उक्त अवसरमा परिवार नियोजनका ५ अस्थायी साधनको सेवा पु¥याउने ३ जना स्वास्थ्यकर्मीहरु क्रमशः कविता खनाल, शुशिला गिरी, कोपिला कोपिला बजिमयलाई हल्दिबारी गाउँपालिका स्वास्थ्य साखाको तर्फबाट प्रमाणपत्र सहित दोसल्हा ओढाएर सम्मान गरिएको थियो ।

पोषणका मापदण्ड पुरा गर्न समुदाय स्थरमा पोषण कार्यक्रम संचालन गरिएको साथै परिवार नियोजनका ५ आधुनिक साधनलाई जनस्तर सम्म पहुच पु¥याउन कायक्रमको आयोजना गरेको गाउँपालिका स्वास्थ्य साखाका प्रमुख पुष्कर निरौलाले बनाउनु भएको छ । उक्त कार्यक्रममा स्वास्थ्य चौकी ब्यवस्थापन समितिका पदाधिकारी, महिला स्वमंसेवीका, सरोकारवाला, संचारकर्मी लगायतको उपस्थिती रहेको कार्यक्रको सहजिकरण स्वास्थ्य चौकी प्रमुख उमा रेग्मीले गर्नु भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article