हल्दिवारी,झापा । हल्दिवारी १ मा एक दिवसीय मुटु तथा क्यान्सर रोग सम्बन्धि विशेषज्ञ अन्तरक्रिया सम्पन्न भएको छ ।

बिएण्सि अस्पतालका मुटु रोग विशेषज्ञ डाक्टर अमन र क्यान्सर रोग विशेषज्ञ डाक्टर आलोकले रोग , रोकथाम र सेवा उपचारका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

गङ्गामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग सस्थाको आयोजना तथा माननीय ॐ प्रकाश सरावगीको संसद कोष को आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको सस्थाका अध्यक्ष भुपाल बस्नेतले बताउनुभयो । सस्थाका संरक्षक मिठाराम बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन क्यान्सर रोग बाट नयाँ जिवन हासिल गर्नुहुने मेनुका देवी भट्टराई र भिमबहादुर दाहालले गर्नु भएको थियो ।

उक्त मुटु र क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रममा वडा अध्यक्ष देवी बहादुर थापा ,पुर्व वडा अध्यक्ष त्रिलोचन सापकोटा , हल्दिवारी उधोग बाणिज्य संघका सदस्य निराजन दाहाल ,सस्थाका सदस्य भानुभक्त प्रसाईं लगायतले मन्तव्य राख्नु भएको थियोे ।

क्यान्सर पीडित सहयोग सस्थाको उपाध्यक्ष गोविन्द बिक्रम गिरीले कार्यक्रमको औचित्य तथा स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण सस्थाका अध्यक्ष भुपाल बस्नेतले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार