स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीमा पाराखोपी पोलिक्लिनिक एण्ड डायागोनेष्टिक सेन्टर मार्फत सेवा दिन शुरु

हल्दिवारी/ झापा । हल्दिवारी गाउँपालिका वडा नम्बर २ पाराखोपी बजारमा स्थानीय युवाहरूको सक्रियतामा ” पाराखोपी पोलिक्लिनिक एण्ड डायागोनेष्टिक सेन्टर ” मार्फत सेवा दिन शुरु गरीएको छ । स्थानीय समाजसेवी ८५ बर्षिय विर्ख बहादुर कार्कीले आज ( शनिबार ) विशेष कार्यक्रमका बिच स्वास्थ्य सेवा प्रदान गर्ने सेन्टरको उद्घाटन गर्नु भएको थियोे ।

Advertisement

स्थानीय युवा बलराम गिरी ,रमेश भारती लगायतका युवाहरूको करीब ५० लाख लगानीमा शुरु गरीएको सेन्टरमा फिजिसियन ,न्युरो ,गाईनो , बालरोग र अर्थोपेटीकका विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गर्न लागिएको उक्त सेन्टरका प्रवन्ध निर्देशक बलराम गिरीले बताए ।

Advertisement

उनका अनुसार सेन्टरमा इमर्जेन्सी सेवा ,ल्याव सेवा , भिडियो एक्सरे सेवा, एक्सरे सेवा र फार्मेसी को समेत व्यवस्थापन गरीएको छ । आज पहिलो दिन १ सय भन्दा बढि विभिन्न रोगका बिरामीलाई निशुल्क चेकजाँच गरीएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article