राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

ओलीले भने आउनुहोस् वामपन्थी सरकार बनाऔं

काठमाडौं, ३२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी सरकार बनाउन आव्हान गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका नेता माधवकुमार नेपाललगायत वामपन्थी नेताहरुतर्फ संकेत गर्दै वामपन्थी सरकारको आव्हान गरेका हुन् ।

Advertisement

‘वामपन्थी सरकार बनाऔं,’ नेपाल चीन हिमालय मैत्री समाजद्वारा राजधानीमा आयोजित कार्यक्रममा ओलीले भने,‘वामपन्थी हो भने आउनुहोस् । निष्पक्ष चुनावबाट सरकार बनाऔं ।’

Advertisement

पछिल्लो समय वामपन्थी एकताको प्रयास भइरहँदा ओलीको भनाई आएको हो । उनले विगतका कुरा बिर्सिएर नयाँ ढंगबाट जान सकिने सम्भावना औल्याए ।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवामाथि घुँडा टेकेर सत्ता जोगाएको आरोप समेत लगाए । ‘घुँडा टेकेर सत्ता जोगाउने,’ ओलीले देउवामाथि व्यङ्ग्य गर्दै भने । उनले सत्ता गठबन्धनले आफ्नो भूमिलाई हाम्रो भन्न नसकेको आरोप लगाए ।

‘चीन र भारतको भूमि मेरो हो भनेर जान सक्दैनौं,’ ओलीले भने,‘हाम्रो चाहिं हाम्रो भन्न सक्नुपर्छ ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article