हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

म दृस्टी हु कि तिमी दृस्टी हौ? मैले त्यही देखेको छु।

म दृष्टि बिहिन हु कि, तिमी दृस्टी बिहिन हौ?
मैले त्यही देखेको छु।
स्वदेशमै रोजगारको कारखाना खोल्छु भन्थ्यौ,
नैतिक हिन शिक्षाको अवधारणा ल्याउदै
बेरोजगारीको भट्टी पो खोलेछौ।
लाखौ युवाहरूलाई कौडिको दाममा बिदेशमा बेच्दै,
बिदेशबाट युवाहरुको शव बाकसमा पो ल्याएछौ।
खै के भनौ ?
म दृस्टी बिहिन हु कि तिमी दृस्टी बिहिन हौ?
मैले त्यही देखेको छु।
उत्तरको छिमेकीले जल, थल,चन्द्रमा र सुर्यमा बस्ति बसाई सको,
दक्षिणीको छिमेकीले सिमा मिच्दै तिम्रो मुटुमा पिलर गाडी सको,
चर्को चर्को भाषर गर्दै नेपाल् सिङ्गापुर बनाउछु भन्थ्यौ तर
बिस्वको निस्कृष्ट भिखारी बन्दै नेपाललाई श्रीलंका पो बनाउदै छौ।
खै के भनौ?
म दृस्टी हु कि तिमी दृस्टी हौ?
मैले त्यही देखेको छु।
धन्यवाद । भुपाल बस्नेत ,हल्दिवारी -२ झापा

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)