कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कबिता : प्रबन्धन जीन्दगीको

                           -दयानन्द गोस्वामी

प्रबन्धन गरें जब यो जिन्दगीको
अस्त व्यस्त नै भयो मेरो संसार,

Advertisement

आबन्टन गरें अनी यो मुटुलाई
व्यथा त छँदै थियो मन्मा अपार,

Advertisement

प्रभाती तुषारका सबै थोपाहरू
टिलपिल मोतीका दानाहरू झैँ,

मध्यान्ह सूर्यको प्रचण्ड रापले
विलीन भयो अस्तित्वको सार,

नविनतम् जिन्दगीको कल्पना,
कति प्रेमिल हुन्छन ति भावना,

स्नेहिल तरंगमा त्वरित हुन्छन्
आशा र बिश्वासको त्यो सपना,

अन्तस्तलमा आशाका बिजहरू
ममताको पोषणले अंकुर भएका,

पल्लवहरू पनि अंकुरण नभई
अन्तर्मुखी भईकन थिच्चिएछन्,

चंचल बतासको उष्णिय स्पर्शले
त्वरित हुन्छन् जीवनका प्रत्यंगहरु,

अनि तब तरंगका बेगहरू पनी,
तिब्रता संग तरंगीत भै रहन्छन,

जो भावनाको अन्तिम किनारमा
चोट खाएका ति तरंगित तरंगहरू,

शुन्य शेषमा परावर्तित भईकन
पुनः शुन्यतामा विलीन हुन्छन,

अदृश्य हुँदै सारा जीवनको तत्व
भव्य ब्रम्हाण्डमा हुन्छ निराकार,

प्रबन्धन गरें जब यो जीन्दगीको
अस्त व्यस्त नै भयो मेरो संसार।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article