हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

क्यान्टिनको खाजा खाएपछि काँकरभिट्टा माविका २६ जना विद्यार्थी विरामी

हल्दिवारी ,  ९ भदौ । काँकरभिट्टा माध्यमिक विद्यालयको परिसर भित्र रहेको क्यान्टिनमा खाजा खाएका २६ जना विद्यार्थीहरु विरामी परेका छन् ।

Advertisement

विहीबार दिउसो परिसर भित्रको क्यान्टिनमा खाजाकोरुपमा छोलामुरै खाएका सो संख्याका विद्यार्थीहरु एकाएक विरामी परेका हुन् ।

Advertisement

कक्षा १ देखि ६ सम्मका विद्यार्थी विरामी परेका थिए । २६ जना विद्यार्थीहरुलाई मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले बताए । चिकित्सकका अनुसार फुडपोइजन भएको बताइएको छ ।

विद्यार्थीहरुको अवस्था अहिले सामान्य रहेको र उनीहरुलाई घर ल्याउने तयारी भइरहेको प्रधानाध्यापक न्यौपानेले जानकारी दिए ।

‘विद्यालयले दिवा खाजा विद्यार्थीलाई निःशुल्क दिने गरेको छ’, प्रधानाध्यापक न्यौपानेले भने–‘विद्यालयकै चौकिदारले क्यान्टिन सञ्चालन गर्दे आएका छन् । गर्मी थियो, खाजाबासी थियो कि भन्ने कुरा आएको छ । त्यसको छानविन हुन्छ ।’

क्यान्टिनको खाजा खाएपछि विद्यार्थीहरु एकाएक विरामी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी केरुङले बताए । खाद्यको टोलीले विद्यार्थीले खाएको खाजाको गुणस्तर थियो कि थिएन जाच्ने काम भइरहेको उनले बताए । तस्वीर : पार्थ मण्डल

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)