स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कचनकवलमा रोटरीले गर्‍यो स्वास्थ्य सामाग्री हस्तान्तरण

बनियानी, १० भदौ । रोटरी क्लब अफ बिर्तामोड र रोट्याक क्लब अफ बिर्तामोडको सहकार्यमा झापाको कचनकवल गाउँपालिका लाई करीब ६ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरीएको छ ।

Advertisement

Advertisement

रोटरी क्लबका अध्यक्ष ओम बिमलीको सभापतीत्व तथा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंसीको प्रमुख आतिथ्यमा इसिजि मिसिन तथा अन्य मेडिकल सामाग्री बनियानि आधारभुत स्वास्थ चौकीमा आयोजित कार्यक्रममा हस्तान्तरण गरीएको छ ।

कचनकवल गाउँपालिका अन्तरगत बनियानि उप- स्वास्थ चौकी ,घेराबारी उप- स्वस्थ्य चौकी र केचना उप- स्वास्थ चौकीलाई एक एक थान ECG मिसिन र मेडिकल सामाग्री Terry Mikeska Foundation मार्फत सहयोग उपलब्ध गराईएको रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष ओम बिमलीले बताउनु भएको छ ।

उक्त ECG मिसिन तथा स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा Terry Mikeska Foundation का सस्थापक Terry Mikeska को समेत उपस्थिति रहेको थियो ।

ECG तथा मेडिकल सामाग्री हस्तान्तरण कार्यक्रमलाई प्रमुख अतिथि राजवंसी , कार्यक्रमका अध्यक्ष तथा रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष ओम कृस्ण बिमलि , Terry Mikeska Foundation का संस्थापक Terry Mikeska , एजि राधिका गुरुङ , डा. लक्ष्मी मैनाली ,डा. सन्तोष कुमार गणेशले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रमलाई स्वागत सुनिल थापाले गर्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण प्रज्वल बिमली ले गर्नु भएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article