प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बृद्धाश्रममा आगो लाग्दा २० जनाको मृत्यु

साइबेरियाको केमेरोभो सहरमा रहेको वृद्धवृद्धाका लागि बनाइएको घरमा आगलागी हुँदा २० जनाको मृत्यु भएकोे आपतकालीन सेवालाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ । एजेन्सीले अग्नि सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै भवनको दोस्रो तलाको सम्पूर्ण भाग जलेको जनाएको छ ।

गलागीको केही समयपछि मात्र आगो नियन्त्रणमा आएको थियो ।‘आगो लागेको ठाउँमा, उद्धारकर्ताहरूले कम हावाको तापक्रममा भग्नावशेषमा काम जारी राखेका छन्। पछिल्लो तथ्यांक अनुसार २० जनाको मृत्यु भएको छ’, रिपोर्टमा भनिएको छ । आगलागीबारे अनुसन्धान भइरहेको छ । उक्त वृद्धाश्रम दर्ता नगरिकन बनाइएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

 

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)