प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मेक्सिकोको बस दुर्घटनामा १५ जनाको मृत्यु

मेक्सिकोको पश्चिमी क्षेत्रमा शुक्रबार बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।मध्य राज्य ग्वानजुआटोको लियोन शहर फर्कने क्रममा नायरिट राज्यमा उक्त दुर्घटना भएको अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“घटनामा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ भने थप एक दर्जन घाइते भएका छन्,” नायरिट राज्यको स्थानीइ सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा ४८ जना यात्रु सवार थिए ।अधिकारीहरूले सामाजिक सञ्जालमा शेयर गरेको तस्बिरमा बस सडक छेउमा पल्टिएको देखिएको छ । अधिकारीहरूले घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)