हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आज प्रतिनिधिसभा बैठक: चालु अधिवेसनमा पेश हुने ‘सम्पत्ति शुद्धिकरण संबन्धी बिधेयक’ पहिलो बिधेयक

काठमाडा‌ै, ३ फागुन । आजको प्रतिनिधिसभा बैठकका सम्पत्ति शुद्धिकरण सबन्धी बिद्येयक प्रस्तुत हुने भएको छ ।

Advertisement

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा  विहान ११ बजे देखी सुरु हुने बैठकमा पेश हुने सम्पत्ति शुद्धिकरण सबन्धी बिद्येयक चालु अधिवेसनमा पहिलो बिद्येयकसमेत हाे ।

Advertisement

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री धुव्रबहादुर प्रधानले ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९” बैठकसमक्ष पेश गर्नेछन् ।

उनका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ लाई बैठकमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन ।

साथै, कृषि तथा पशपुंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस्” भनी बैठकसमक्ष प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)