हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

५ लाख नक्कली नोटसहित तीन पक्राउ

नेपालगञ्ज, ३ फागुन । करिब ५ लाख रुपैयाँभन्दा बढी नेपाली नक्कली नोटसहित ३ जनालाई पक्राउ परेका छन् । बाँके प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट तीनजना पक्राउ परेका हुन ।

Advertisement

बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन्। सो क्रममा उनीहरुबाट १ हजार दरका नक्कली नोट ५६९ थान बरामद भएको छ ।

Advertisement

प्रहरीका अनुसार रानाका साथबाट ४१८ थान र कुमाइका साथबाट १५१ थान नेपाली १ हजारको नक्कली नोट बरामद गरिएको छ। नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेको अवस्थामा तीनैजनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)