हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

लक्ष्मी मा. बि. काे ५५ औं वार्षिक उत्सब कार्यक्रम सम्पन्न

हल्दीबारी । हल्दिवारी वडा नम्बर ३ को लक्ष्मी माध्यमिक बिद्यालय ५५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मंगलबार मनाएको छ। शिक्षक अभिभावक संघका अध्यक्ष पदमवहादुर तामाङ‌को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख अतिथ्य रहेको थियो।

Advertisement

कार्यक्रममा शिक्षा शाखा प्रमुख जनक कुमारी राई, ३ नं. वडा अध्यक्ष विष्णुप्रसाद ओली, शिक्षा सेवी नरेन्द्र कुमार कार्की र भीम बहादुर श्रेष्ठको विशिष्ट अतिथि रहेका थिए । बिधालय ब्यबस्थापन समिति अध्यक्ष जित बहादुर भट्टराईकाे उपस्थित रहेकाे थियाे। विभिन्न ब्यक्तिले स्थापना गरेको विद्यालयको अक्षयकोष ११ ओटा अक्षयकोषवाट नगद र पोशाक गरी ४४ जना विद्यार्थीहरुले प्राप्त गरेका थिए । विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको कार्यक्रममा विद्यालयको शैक्षिक नीति तथा कार्यक्रम बिद्यालयका प्रअ रामप्रसाद घिमिरे र आर्थिक प्रतिवेदन लेखा शिक्षक एकदेव खनालले प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावक रविलाल दाहाल, अञ्जना काफ्ले, लक्ष्मी मुर्मुलाई समेत सम्मान गरिएको थियो ।

Advertisement

कार्यक्रममा शिक्षक उमेश पौडेललाई समेत सम्मान गरिएको थियो। शिक्षा प्रेमी तथा अग्रज व्यक्तित्व सम्मानबाट नरेन्द्रकुमार कार्की, भीम बहादुर श्रेष्ठलाई सम्मान प्रदान गरिएको छ।

नरेन्द्र कुमार कार्की, कुलप्रसाद दाहाल, जनककुमारी राईलगायतले शुभकामना मन्तब्य राखेका थिए । शिक्षक विनोद प्रसाद भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक बोध कृष्ण पौडेलले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)