हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

ल्होत्से मलको मोबाइल लुटपाटमा चालक र सहचालक नै संलग्न भएको पुष्टि

काठमाडौं । ल्होत्से मलमा भएको लुटपाट र तोडफोडमा चालक र सहचालक नै संलग्न भउको खुल्न आएको छ । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका चालक र सहचालक सहित १५ जना रहेको खुल्न आएको छ ।

Advertisement

मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । क्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सहचालक रहेको पुष्टि भएको हो ।

Advertisement

घटनामा चार जनालाई पहिल्यै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । आन्दोलनका क्रममा परिस्थिति प्रहरीको नियन्त्रण बाहिर गएको मोका छोपेर उनीहरुले मोबाइल लुटपाट गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)