हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

आज भाद्र शुक्ल पूर्णिमामा खग्रास चन्द्रग्रहण, धार्मिक मान्यता अनुसार सुतक र विशेष कर्महरू

झापा, भाद्र २२। आज आइतबार भाद्र शुक्ल पूर्णिमाको दिन खग्रास चन्द्रग्रहण लाग्ने छ। धार्मिक ग्रन्थ अनुसार ग्रहण सुरु हुनुभन्दा केही घण्टा अगाडि सुतक लाग्छ।

Advertisement

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, राति १०ः११ बजे ग्रहण स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ बजे मोक्ष हुनेछ। सम्पूर्ण ग्रहणको अवधि ३ घण्टा ३० मिनेट रहनेछ।

Advertisement

धार्मिक मान्यताअनुसार, आज दिउँसो १ः११ बजेदेखि बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ। यस अवधिमा हवन, मन्त्रजप, दानजस्ता धार्मिक कार्यहरू शुभ मानिन्छन्। तर सुत्ने, खानपिन गर्ने, मैथुन गर्ने, तेल लगाउने, कसैलाई बाँध्ने वा मार्ने कार्य निषेध गरिएको छ।

ज्योतिषशास्त्र अनुसार, ग्रहणले विभिन्न राशिमा फरक प्रभाव पार्नेछ। विशेषगरी मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका व्यक्तिहरूले ग्रहण हेर्नु उचित नहुने बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)